शनिबार, वैशाख २२ गते २०८१

त्रिविमा तथ्याङ्क विश्लेषण र वैज्ञानिक लेखनसम्बन्धी तालिम

त्रिविमा तथ्याङ्क विश्लेषण र वैज्ञानिक लेखनसम्बन्धी तालिम

अखबार दैनिक
मंगलबार, वैशाख ११ २०८१
  • त्रिविमा तथ्याङ्क विश्लेषण र वैज्ञानिक लेखनसम्बन्धी तालिम

    काठमाडौँ । त्रिभुवन विश्वविद्यालय जल तथा मौसम विज्ञान केन्द्रीय विभाग र चाइनिज एकेडमी अफ साइन्सेस र त्रिविको संयुक्त पहलमा निर्मित काठमाडौँ सेन्टर फर रिसर्च एन्ड एजुकेशन(केसीआरई) को संयुक्त आयोजनामा तथ्याङ्क विश्लेषण र वैज्ञानिक लेखन सम्बन्धमा  क्षमता अभिवृद्धि तालिमको आयोजना गरेको छ ।

    images

    अनुसन्धानकर्ता उपप्राध्यापकहरूको क्षमता अभिवृद्धिमार्फत शैक्षिक उत्कृष्टता बढाउन आयोजित तालिममा विज्ञान तथा प्रविधि अध्ययन संस्थान अन्तर्गत कार्यरत उपप्राध्यापक र सहायक प्राध्यापकहरू २५ जना  समावेश गराइएको छ । 

    तालिमको उद्घाटन गर्दै त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा केशरजंग बरालले व्यवहारिक ज्ञानको निर्माण र समसामयिक चुनौतीलाई सम्बोधन गर्न तथ्याङ्क विश्लेषण र प्रभावकारी वैज्ञानिक पेपर लेखनको महत्त्वपूर्ण भूमिका रहनेमा जोड दिए । अनुसन्धान र उत्कृष्ट लेखन मार्फत विश्वविद्यालयहरू उत्कृष्ट बन्ने हुँदा जल तथा मौसम विज्ञान केन्द्रीय विभाग र काठमाडौँ सेन्टर फर रिसर्च एन्ड एजुकेशनले गरेको कामको प्रशंसा गरेका थिए । 

    कार्यक्रममा विज्ञान तथा प्रविधि अध्ययन संस्थानका डीन प्रा.डा विनिल अर्यालले विश्वका सबै विधाहरू तथ्याङ्क विश्लेषण एवम् वैज्ञानिक लेखनमा केन्द्रीय हुँदै गएको र तथ्याङ्क नै वैज्ञानिक विश्लेषणको महत्त्वपूर्ण आधार रहेको हुँदा उपप्राध्यापकहरूलाई यस प्रकारको तालिमले अनुसन्धानमा महत्त्वपूर्ण योगदान गर्न सहयोग गर्ने बताए । 

    कार्यक्रममा चाइनिज एकेडेमी अफ साइन्सेसको इन्सिच्युट अफ टिवेटियन प्लेटो रिसर्चका उपनिर्देशक तथा काठमाडौँ सेन्टर फर रिसर्च एन्ड एकुजकेशन(केसिआरई)का निर्देशक प्रा.डा. बाइक्विङ सू ले दुवै देशको वैज्ञानिक अनुसन्धानको तथा शिक्षाको क्षेत्रमा महत्त्वपूर्ण सहकार्य गर्न निर्मित केसीआईले त्रिविको समग्र प्राज्ञिक उन्नयनको लागि महत्त्वपूर्ण सहयोग पुर्‍याउँदै आइरहेको र युवा अनुसन्धानकर्मीहरूलाई अनुदान, विभिन्न तालिमहरूको आयोजना, वैज्ञानिक सम्मेलनहरूको लागि सहयोग लगायतका पक्षहरूमा सहकार्य गरिरहेको बताए । उनले केसीआरईको स्थापना र उद्देश्य प्राप्त गर्न  आगामी दिनमा गर्ने कार्यहरूका बारेमा समेत जानकारी गराए । 

    जल तथा मौसम विज्ञान केन्द्रीय विभागका विभागीय प्रमुख प्रा.डा दीपक अर्यालले विभागले निरन्तररुपमा राष्ट्रिय/अन्तर्राष्ट्रिय सहकार्यमा विभिन्न वैज्ञानिक सम्मेलन,वर्कसप एवम् तालिमहरूको आयोजना गर्दै आइरहेको र युवा उपप्राध्यापकहरूको प्राज्ञिक विकास र क्षमता वृद्धिलाई विशेष प्राथमिकता दिइँदै आइरहेको बताएका थिए । 

    कार्यक्रममा जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक एवम् काठमाडौँ सेन्टर फर रिर्सच एन्ड एजुकेसन(केसीआरई)का उपनिर्देशक डा. विनोद दवाडीले तालिमको बारेमा विशेष प्रकाश पार्दै तालिम मार्फत अनुसन्धान र लेखन क्षमताको विकास गर्ने, जर्नल प्रकाशनमा उत्प्रेरित गर्ने र  उपप्राध्यापकहरूलाई पुनर्ताजकी गर्दै आफूले जानेका विषयहरूलाई निरन्तर अद्यावधिक गर्ने उद्देश्य राखिएको बताए । 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार