शुक्रबार, वैशाख २१ गते २०८१

नेपालगञ्जमा हनुमान जन्मोत्सव महोत्सव सम्पन्न

नेपालगञ्जमा हनुमान जन्मोत्सव महोत्सव सम्पन्न

अखबार दैनिक
मंगलबार, वैशाख ११ २०८१
  • नेपालगञ्जमा हनुमान जन्मोत्सव महोत्सव सम्पन्न

    नेपालगञ्ज । बाँकेको नेपालगञ्ज उमहानगरपालिका–२ स्थित हनुमानगढीमा आयोजित तीनदिने महोत्सव सम्पन्न भएको छ । 

    images

    हनुमान जन्मोत्सवका अवसरमा आइतबारदेखि सुरु भएको महोत्सव आज झाँकीसहित निकालिएको शोभायात्रापछि भण्डारा तथा प्रसाद ग्रहण गरेसँगै सम्पन्न भएको मन्दिर सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष सुदीप भट्टराईले जानकारी दिए । शोभायात्रामा नेपाल र भारतका सयौँ श्रद्धालु तथा सन्तमहन्थको सहभागिता रहेको थियो । 

    यसअघि सोमबार अखण्ड रामायण पाठ, अष्टयाम सङ्कीर्तन एवं निशान पूजनका साथै भारतको अयोध्याबाट आएका कलाकारहरूले विशेष झाँकी, श्रीराम भजन, ताण्डव नृत्यलगायतका कार्यक्रम गरिएका हनुमानगढीका थानापती महन्त उमेश गिरी बताए । 

    उनका अनुसार हनुमानगढीमा विराट हनुमानजीको सालिक निर्माणाधीन अवस्थामा रहेको छ भने अन्य भौतिक संरचनाको विकास भएमा श्रद्धालुहरूको आकर्षण थप बढ्नेछ ।
    रासस

    प्रतिक्रिया दिनुहोस

    थप समाचार