शुक्रबार, वैशाख २१ गते २०८१

कार्यबिनायक मन्दिरमा प्रदीप र आनाको ‘एक्टर’ मुहूर्त

कार्यबिनायक मन्दिरमा प्रदीप र आनाको ‘एक्टर’ मुहूर्त

अखबार दैनिक
मंगलबार, वैशाख ११ २०८१
  • कार्यबिनायक मन्दिरमा प्रदीप र आनाको ‘एक्टर’ मुहूर्त

    काठमाडौँ । फिल्म ‘एक्टर’को शुभमुहूर्त गरिएको छ । मङ्गलवार कार्यबिनायक मन्दिर भैँसेपाटीमा वैदिक विधिबाट पूजापाठ गर्दै फिल्मको शुभमुहूर्त गरिएको हो । कार्यक्रममा अभिनेता प्रदीप खड्का, आना शर्मा, दिव्या रायमाझी, दिव्य देव लगायतको सहभागिता थियो । 

    images

    फिल्ममा अभिनेता राजवल्लभ कोइरालाको पनि अभिनय रहनेछ । कोइरालाले यसै फिल्मबाट अभिनयमा कमब्याक गर्न लागेका हुन् ।

    एक्टर राजन भुसालको निर्देशन रहने फिल्म थमन कुमार भण्डारीको लगानीमा निर्माण हुन लागेको हो । अदृत फिल्मस्को ब्यानरमा बन्न लागेको फिल्मका सह–निर्मातामा एनिस भुसाल र सार्थक केसी रहेका छन् । नरेन्द्र मैनालीको छायाङ्कन रहने फिल्म २०२५ भित्र रिलिज गर्न लक्ष्य लिइएको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार