शनिबार, वैशाख २२ गते २०८१

विविध कार्यक्रम गरी देशभर लोकतन्त्र दिवस मनाइँदै

विविध कार्यक्रम गरी देशभर लोकतन्त्र दिवस मनाइँदै

अखबार दैनिक
मंगलबार, वैशाख ११ २०८१
  • विविध कार्यक्रम गरी देशभर लोकतन्त्र दिवस मनाइँदै

    काठमाडौं । आज तत्कालीन राजा ज्ञानेन्द्र शाहले जनतासामु घुँडा टेकेको दिन। त्यसैको सम्झनामा मंगलबार १८ औँ लोकतन्त्र दिवस मनाइँदै छ।

    images

    जनआन्दोलनको बलमा २०६३ वैशाख ८ मा ज्ञानेन्द्रले जनताको नासो जनतालाई नै फिर्ता गरेका थिए। दोस्रो जनआन्दोलनको जगमा नेपालमा लोकतन्त्र स्थापना भएको हो।

    ०५९ जेठ ८ मा विघटन गरेको प्रतिनिधि सभा ज्ञानेन्द्रले ०६३ वैशाख ११ मा पुनर्स्थापना गरे। प्रतिनिधि सभा पुनर्स्थापना भएको दिनलाई नै लोकतन्त्रको रुपमा मनाउन थालिएको हो । ०६४ सालदेखि लोकतन्त्र दिवस मनाउन सुरु भएको हो। दिवसको अवसरमा विविध कार्यक्रम आयोजना गरी देशभर मनाइँदै छ।

    दीप प्रज्वलन, नगर तथा टोल सरसफाइ, प्रवचन, जनआन्दोलनका शहीदहरूको सम्झना र घाइते तथा उनीहरूका परिवारलाई सम्मान गर्दै लोकतन्त्र दिवस मनाइन लागिएको हो।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार