शनिबार, वैशाख २२ गते २०८१

एकैदिन सुनको भाउ प्रतितोला २७ सय रुपैयाँले घट्यो

एकैदिन सुनको भाउ प्रतितोला २७ सय रुपैयाँले घट्यो

अखबार दैनिक
मंगलबार, वैशाख ११ २०८१
  • एकैदिन सुनको भाउ प्रतितोला २७ सय रुपैयाँले घट्यो

    ११ वैशाख, काठमाडौं । मंगलबार एकैदिन सुनको भाउ प्रतितोला २ हजार ७०० रुपैयाँ घटेको छ । अघिल्लो दिन पनि प्रतितोला ११ सय रुपैयाँले मूल्य घटेको थियो । सुन दुई दिनमै तोलामा मूल्य ३ हजार ८ सयले घटेको हो ।

    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज मंगलबार प्रतितोला १ लाख ३५ हजार ५ सय रुपैयाँमा सुनको कारोबार भइरहेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ३८ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

    त्यस्तै चाँदीको भाउ पनि तोलामा ४५ रुपैयाँले घटेको छ । अघिल्लो दिन प्रतितोला १ हजार ७०५ रुपैयाँमा कारोबार भएको चाँदी आज १ हजार ६६० रुपैयाँमा झरेको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार