आइतबार, वैशाख २३ गते २०८१

सोमबार सेयर बजारमा १५ अंकको गिरावट

सोमबार सेयर बजारमा १५ अंकको गिरावट

अखबार दैनिक
सोमबार, वैशाख १० २०८१
  • सोमबार सेयर बजारमा १५ अंकको गिरावट

    काठमाडौँ । सेयर बजार परिसूचक नेप्सेमा सोमबार १५ अंकमाथिको गिरावट आएको छ । अघिल्लो दिन १२ अंकमाथिले बढ्दै १९८४ अंकमा उक्लिएको सूचक पुनः दोस्रो दिन १५.४१ अंकले घट्दै १९६९.०२ अंकमा झर्न पुगेको छ । 

    images

    सोमबार कारोबार समेत २० करोड रुपैयाँ हाराहारीले घट्दै जम्मा २ अर्ब ५ करोड ८३ लाख रुपैयाँको ५६ लाख ५६ हजार कित्ता सेयर कारोबार भएको छ । १२ अंकले नेप्से सूचक बढेको आइतबार २ अर्ब २५ करोड ९९ लाख रुपैयाँ बराबरको ६३ लाख ९३ हजार कित्ता सेयर किनबेच भएको थियो । 

    सोमबार म्युचुअल फण्ड बाहेक १२ वटा उपसूचक ऋणात्मक भएका छन् । सबैभन्दा बढी फाइनान्स समूहको उपसूचक २.१० प्रतिशतले घटेको छ भने म्यानु एण्ड प्रो समूहको उपसूचक १.२० प्रतिशतले र अन्य बाँकी १० वटा उपसूचक १ प्रतिशत कमले घटेका छन् । यता म्युचुअल फण्डको उपसूचक भने सोमबार ०.०२ प्रतिशतले बढेको छ । 

    सो कारोबार भएका २४५ कम्पनी मध्ये ४९ वटाको मात्र सेयर मूल्य बढेको छ भने १८६ वटा कम्पनीको मूल्य घटेको छ । बाँकी १० वटा कम्पनीको मूल्य भने स्थिर रहेको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ । 

    सोमबार सबैभन्दा बढी पिपुल्स पावर लिमिटेडका सेयर धनीहरूले ६.९१ प्रतिशतले कमाएका छन् भने डोटी पावर कम्पनी लिमिटेडका सेयर धनीहरूले ७.३७ प्रतिशतले गुमाएका छन् । 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार