शनिबार, वैशाख २२ गते २०८१

गुल्मीमा आफ्नै घरमा आगो लगाएको आरोपमा एक जना पक्राउ

गुल्मीमा आफ्नै घरमा आगो लगाएको आरोपमा एक जना पक्राउ

अखबार दैनिक
सोमबार, वैशाख १० २०८१
  • गुल्मीमा आफ्नै घरमा आगो लगाएको आरोपमा एक जना पक्राउ

    १० वैशाख, गुल्मी । गुल्मीमा आफ्नै घरमा आगो लगाएको आरोपमा एक जना पक्राउ परेका छन् ।जिल्लाको धुर्कोट गाउँपालिका–६ रजस्थलका ५९ वर्षका रेखबहादुर परियारलाई आफ्नै घरमा आगो लगाएको प्रहरीको भनाइ छ ।

    images

    आइतबार राति मादक पदार्थ सेवन गरेर उनले आफ्नै घरमा आगो लगाएको पाइएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक शंकर पोखरेल बताए । परियारले आफ्नो घरमा आगो लगाएपछि छिमेकीको घरमा पनि आगो लगाइदिने धम्की दिएको उनले बताए ।

    आगलागीबाट घरभित्र रहेको अन्नपात, लत्ताकपडा, समेत जली घर पूर्ण रुपमा क्षति भएको छ । गुल्मीमा पछिल्लो एक सातामा आगलागीबाट झण्डै १०० घरगोठ र त्यत्तिकै संख्यामा पशु चौपाया मरेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार