शनिबार, वैशाख २२ गते २०८१

चर्चित भारतीय अभिनेत्री ज्योतिका भन्छिन् ‘नेपाली वास्तविक जीवनका नायक हुन्'

चर्चित भारतीय अभिनेत्री ज्योतिका भन्छिन् ‘नेपाली वास्तविक जीवनका नायक हुन्'

अखबार दैनिक
सोमबार, वैशाख १० २०८१
  • चर्चित भारतीय अभिनेत्री ज्योतिका भन्छिन् ‘नेपाली वास्तविक जीवनका नायक हुन्'

    काठमाडौं । चर्चित दक्षिण भारतीय अभिनेत्री ज्योतिका (गीता रानी) झण्डै दुई सातादेखि नेपालमा थिइन् । केही दिनअघि उनले दश दिन लामो सगरमाथा क्षेत्रमा पदयात्रा गरिन् ।

    images

    साथी दिप्ती नारायणसँग पदयात्रामा निस्किएकी उनले पदयात्रामा रमाइलो गरेको देख्न सकिन्छ । भिडियो र तस्वीरमा उनको पदयात्रा आकर्षक, रोमाञ्चक र आत्मपरक महसुस हुन्छ ।

    उनले यात्रामा आफूलाई सघाउने र यात्रामा भेटिएका नेपालीको प्रशंसा गर्दै वास्तविक जीवनका हिरोको संज्ञा दिएकी छन् । ‘यो यात्रा मेरो हृदयमा सँधै रहिरहनेछ’ उनी लेख्छिन् ।

    सीता एयरबाट उनले पर्वतीय उडान भर्दै सगरमाथा क्षेत्रमा निस्किएको देख्न सकिन्छ । त्यता जानुअघि उनी काठमाडौंको साम होटलमा बसेकी थिइन् । नेपालमा ज्योतिकाको ठूलो फ्यान फलोइङ छ ।

    अजय देवगण र आर माधवनसँगको उनको पछिल्लो फिल्म ‘शैतान’ नेपाल र भारतीय बक्सअफिसमा सुपरहिट फिल्म हो । सन् २०२४ मा चौंथो सर्वाधिक कमाउने फिल्म हो भने नेपालमा गतवर्षको सुपरहिट । यो फिल्म अहिले पनि नेपाली हलमा चलिरहेको छ । तामिल फिल्मकी यी चर्चित हस्तीले भारतमा दर्जनौं फिल्ममा काम गरेकी छन् भने प्रशस्तै अवार्ड पनि जितेकी छन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार