शनिबार, वैशाख २२ गते २०८१

सफा हिमाल अभियान टोली सगरमाथा आधार शिविर पुग्यो

सफा हिमाल अभियान टोली सगरमाथा आधार शिविर पुग्यो

अखबार दैनिक
सोमबार, वैशाख १० २०८१
  • सफा हिमाल अभियान टोली सगरमाथा आधार शिविर पुग्यो

    काठमाडौँ – सफा हिमाल अभियान–२०२४ को टोली सगरमाथा आधार शिविर पुगेको छ। सगरमाथा, ल्होत्से तथा नुप्त्से हिमाल सफाइको लागि वैशाख २ गते काठमाडौँबाट स्याङ्गबोचे प्रस्थान गरेको  टोली आइतबार सगरमाथाको आधार शिविर पुगेको हो।

    images

    4.jpg

    यसअघि उक्त टोलीले हिमाल सफाइ कार्यलाई प्रभावकारी रूपमा सञ्चालन गर्न नाम्चेमा  सगरमाथा राष्ट्रिय निकुञ्ज कार्यालय, सगरमाथा प्रदूषण नियन्त्रण समिति, मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति, स्थानीय निकाय तथा बुद्धिजीवी, विभिन्न संघ संस्थाका प्रमुख/प्रतिनिधिहरूको उपस्थितिमा समन्वयात्मक बैठक सञ्चालन गरेको थियो।

    2 (2).jpg

    उक्त टोलीले नाम्चेदेखि सगरमाथा आधार शिविरसम्म जाने क्रममा पदमार्गमा रहेको फोहरसमेत सङ्कलन गरेको छ। यस अभियानअन्तर्गत सगरमाथा, ल्होत्से तथा नुप्त्से हिमालका विभिन्न क्याम्पहरूबाट करिब १० टन फोहोर र ५ वटा मानव शव सङ्कलन गर्ने लक्ष्य लिइएको छ।

    1 (1).jpg

    प्रतिक्रिया दिनुहोस

    थप समाचार