आइतबार, वैशाख २३ गते २०८१

तोलामा ११ सय रुपैयाँले घट्यो सुनको मूल्य

तोलामा ११ सय रुपैयाँले घट्यो सुनको मूल्य

अखबार दैनिक
सोमबार, वैशाख १० २०८१
  • तोलामा ११ सय रुपैयाँले घट्यो सुनको मूल्य

    काठमाडौँ । आज सुनको मूल्य तोलामा ११ सय रुपैयाँले घटेर कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजको मूल्यसूची सार्वजनिक गर्दै आइतबारको तुलनामा ११ सय रुपैयाँले घटेको जानकारी दिएको हो ।

    images

    महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख ३८ हजार २०० रुपैयाँ छ । यस्तै तेजाबी सुनको मूल्य तोलामा १ लाख ३७ हजार ५५० रुपैयाँ छ । हिजो आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख ३९ हजार ३०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ३८ हजार ६५० रुपैयाँ थियो ।

    सुनको मूल्य घटेको दिन आज चाँदीको मूल्य समेत घटेको छ । महासंघका अनुसार आज चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले घटेको छ । यससँगै आज चाँदीको कारोबार मूल्य तोलामा १७ सय ५ रुपैयाँ कायम छ ।
     

    प्रतिक्रिया दिनुहोस

    थप समाचार