शनिबार, वैशाख २२ गते २०८१

बौद्धमा तामाङ समुदायको तेमाल जात्रा मनाइँदै

बौद्धमा तामाङ समुदायको तेमाल जात्रा मनाइँदै

अखबार दैनिक
सोमबार, वैशाख १० २०८१
  • बौद्धमा तामाङ समुदायको तेमाल जात्रा मनाइँदै

    काठमाडौं, २२ चैत । काठमाडौंको बौद्धमा आज तामाङ समुदायको तेमाल जात्रा मनाइँदैछ । आफ्ना दिवंगत पितृहरूको सुगति र मोक्षको कामना गर्दै आफन्तजनहरूले आज बौद्ध स्तुपाको परिक्रमा गर्नुका साथै बत्ती बाल्ने गरिन्छ ।

    images

    तेमाल जात्राका कारण आज बिहानैदेखि बौद्ध स्तुपामा तामाङ समुदायको ठूलो भीड लागिरहेको छ । पहिले पहिले काभ्रेको तेमालदेखि बौद्धसम्म आएर मनाइने जात्रा भएकोले यसलाई ‘तेमाल जात्रा’ भनिएको हो । तेमाललाई तामाङ राज्यको राजधानी मानिन्छ । त्यहाँका अन्तिम राजा रिन्ज दोर्जे बलले बौद्ध स्तुपाको स्तूपको जीर्णोद्धार सम्पन्न भएको खुशियालीमा यो जात्रा चलाएको भन्ने किंवदन्ती हो ।

    पहिले तेमालबाट मात्र तामाङहरु आउने भए पनि अहिले भने उपत्यका लगायत अन्य जिल्लाबाट पनि आएर यो जात्रा मनाउने गर्न थालेको पाइन्छ । पहिले पहिले यो जात्रा राति अबेरसम्मै चल्ने गरिन्थ्यो ।

    आज बौद्धमा बत्ती बाल्ने कार्य सकेपछि भोलि पूर्णिमाका दिन बालाजुको बाइस धारामा स्नान गर्ने र त्यसपछि जामाचोस्थित चैत्यको दर्शन गर्न जाने परम्परा छ । त्यहाँबाट फर्केर साँझ स्वयम्भू महाचैत्यको दर्शन गर्ने र कोरा लगाउने परम्परा रहँदै आएको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार