बैशाख ९ काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नेपाली सेयर बजार बढेको छ । आज सेयर बजार १२.२९ अंकले बढेर १९८४.४३ विन्दूमा पुगेर बन्द भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।
२ अर्ब २५ करोड ९९ लाख ५९ हजार ४ सय ५६ रुपैयाँ बराबरको ६३ लाख ९३ हजार २ सय ४५ कित्ता सेयर किनबेच भएको छ ।
१७६ कम्पनीको सेयर मूल्य बढ्दा ६३ वटाको घटेको छ र ६ वटाको मूल्यमा कुनै परिवर्तन छैन।