शनिबार, वैशाख २२ गते २०८१

बुढीगण्डकीमा पानीको सतह बढेपछि तटीय क्षेत्रका बासिन्दालाई सचेत रहन आग्रह

बुढीगण्डकीमा पानीको सतह बढेपछि तटीय क्षेत्रका बासिन्दालाई सचेत रहन आग्रह

अखबार दैनिक
आइतबार, वैशाख ९ २०८१
  • बुढीगण्डकीमा पानीको सतह बढेपछि तटीय क्षेत्रका बासिन्दालाई सचेत रहन आग्रह

    काठमाडौं ।  गोरखाको चुमनुव्री १ सामागाउँको वीरेन्द्र तालमा हिमपहिरो गएका कारण बुढीगण्डकी नदीमा पानीको बहाब बढेको छ । बुढीगण्डकी नदीमा पानीको सतह बढेपछि तटीय क्षेत्रका बासिन्दालाई बेलुकासम्मै सचेत रहन आग्रह गरिएको छ ।

    images

    बिहान साढे ८ बजेतिर आएको हिमपहिरोले तालको पानी छचल्किएर बगेको छ । सामागाउँबाट साम्दो जाने पैदलमार्गको एउटा काठेपुल पनि बगाएको छ ।

    नेपाल बाढी सूचनाले बुढीगण्डकी नदी तटीय क्षेत्रमा पर्ने गोरखा र धादिङका बासिन्दालाई आज बेलुकासम्म उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । हिमपहिरो खसेपछि बूढीगण्डकी नदीमा पानीको बहाव बढेकाले नदी वरपर नजान र सर्तक रहन सबैलाई आग्रह गरिएको गोरखाका प्रमुख जिल्ला अधिकारी भोला दाहालले बताए ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार