शनिबार, वैशाख २२ गते २०८१

पूर्व–पश्चिम राजमार्ग चार लेनको बनाउन रुख काट्ने कार्य अन्तिम चरणमा

पूर्व–पश्चिम राजमार्ग चार लेनको बनाउन रुख काट्ने कार्य अन्तिम चरणमा

अखबार दैनिक
आइतबार, वैशाख ९ २०८१
  • पूर्व–पश्चिम राजमार्ग चार लेनको बनाउन रुख काट्ने कार्य अन्तिम चरणमा

    काठमाडौं । पूर्व पश्चिम राजमार्गलाई एशियाली सडकका रुपमा विस्तार गर्न २ लेनबाट ४ लेन बनाउने क्रममा सडक छेउका रुख काट्ने कार्य अन्तिम चरणमा पुगेको छ।

    images

    झापाको काकडभिट्टाबाट लौकहीसम्मको सडक विस्तारका लागि ‘राइट अफ वे’अन्तर्गत परेका रुख काटिएको हो । सडक विभाग, वन कार्यालयका कर्मचारी, ठेकेदार प्रतिनिधिहरूको रोहवरमा रुख काटेर दाउरा र गोलिया छुट्याई घाटगद्दी गर्ने गरिएको कानेपोखरी सव–डिभिजन वन कार्यालयका वन रक्षक लालबहादुर मगरले जानकारी दिए । 

    उनले चिसाङ पुलदेखि डाँसखोलासम्मको करिब ५ हजार ५३ वटा रुख दुई महिनादेखि काट्न थालिएको र केही दिनमा रुख काट्ने काम सम्पन्न हुने बताए । 

    वन क्षेत्रमा ‘राइट अफ वे’ २५ मिटरबाट साढे १७ मिटर कायम गरिएपछि काट्नुपर्ने रुखको संख्या घटेको छ । विभिन्न सामुदायिक वन र राष्ट्रिय वनअन्तर्गत रहेका रुख सामुदायिक वनको कि स्थानीय पालिकाको स्वामित्वमा रहने विवाद रहेकोमा अहिले रुख काटेर वन कार्यालयमा घाटगद्दी गर्ने कार्य भइरहेको हो । मोरङमा करिब २६ किलोमिटर सडकको स्तरोन्नति गर्नका लागि साइट क्लियर गर्ने कार्य भइरहेको छ ।
     

    प्रतिक्रिया दिनुहोस

    थप समाचार