शनिबार, वैशाख २२ गते २०८१

डोल्पा जुफाल विमानस्थल पुन : सञ्चालन

डोल्पा जुफाल विमानस्थल पुन : सञ्चालन

अखबार दैनिक
आइतबार, वैशाख ९ २०८१
  • डोल्पा जुफाल विमानस्थल पुन : सञ्चालन

    डोल्पा– धावनमार्ग मर्मत पूरा भएपछि जुफाल विमानस्थल ५३ दिनपछि सञ्चालन भएको छ । आज बिहान नेपालगञ्जबाट तारा एयरको विमान अवतरण भएसँगै विमानस्थल सञ्चालनमा आएको हो ।

    images

    ६ करोडको लागतमा धावनमार्ग मर्मत भएको नागरिक उड्डयन प्राधिकरणका इन्जिनियर वीरप्रसाद शाहीले जानकारी दिए । धावनमार्गको एक सय ८५ मिटर मर्मत गरिएको हो ।

    धानवमार्ग जीर्ण भएपछि विमान कम्पनीले जोखिम मोलेर उडान गर्न नसकिने बताउँदै आएका थिए । यो डोल्पाको एकमात्र विमानस्थल हो ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार