शनिबार, वैशाख २२ गते २०८१

म्याग्दीको पन्थोकमा एक दशकदेखि अलपत्र सिँचाइ आयोजना बन्न सुरु

म्याग्दीको पन्थोकमा एक दशकदेखि अलपत्र सिँचाइ आयोजना बन्न सुरु

अखबार दैनिक
आइतबार, वैशाख ९ २०८१
  • म्याग्दीको पन्थोकमा एक दशकदेखि अलपत्र सिँचाइ आयोजना बन्न सुरु

    ९ वैशाख, म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका ५, पन्थोकमा एक दशकअघि सुरु भएको सिँचाइ आयोजना निर्माणले बल्ल गति लिएको छ ।

    images

    सिँचाइ आयोजनाका लागि बजेट विनियोजन नहुँदा र पहिरोका कारण त्यसलाई अघि बढाउन सकिएको थिएन । गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षमा २० लाख रुपैयाँ बजेट विनियोजन गरेपछि निर्माणले गति लिन थालेको हो ।

    ‘तत्कालीन जिल्ला विकास समितिले सुरु गरेको योजनाले निरन्तरता नपाएको र पहिरोले क्षति गरेपछि ७ वर्षदेखि अलपत्र थियो । ‘यसपालि प्रदेश सरकारबाट बजेट विनियोजन भएकाले सिँचाइ योजनालाई पूर्णता दिन लागिपरेका छौँ’, स्थानीय अगुवा एवं पूर्ववडासदस्य दिलबहादुर पुनले भने ।

    सात वर्षअघि ३ लाख रुपैयाँ खर्चेर जंगलेखोलाको मुहानबाट करिब एक किलोमिटर पाइप लाइन बिछ्याइएको थियो । उपभोक्ता समितिका सचिव केमबहादुर मल्लले मुहानबाट ५ सय मिटर २ सय मिलीलिटर क्षमताको पाइपबाट पानी चलाइसकेको र कुनलेखर्कसम्म थप ३ सय मिटर पाइप लाइन जडान भइरहेको जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार