बिहीबार , वैशाख २० गते २०८१

आसिफ शेख पनि आउट, सुरूवातमा नेपालको संघर्ष

आसिफ शेख पनि आउट, सुरूवातमा नेपालको संघर्ष

अखबार दैनिक
शुक्रबार, वैशाख ७ २०८१
  • आसिफ शेख पनि आउट, सुरूवातमा नेपालको संघर्ष

    ७ वैशाख, काठमाडौं । नेपालका ओपनर आसिफ शेख एसीसी प्रिमियर कप टी-२० प्रतियोगिता २०२४ को पहिलो सेमिफाइनल खेलमा आउट भएका छन् ।

    images

    तीव्र गतिका बलर ओमैद रहमानको चौथो ओभरको तेस्रो बलमा आसिफ शेख ११ बलमा १ छक्कासहित ८ रनमा एलबीडब्लू आउट भएका हुन् ।

    त्यसअघि तीव्र गतिका बलर जुनैद सिद्दिकको पहिलो ओभरको पहिलो बलमै कुशल भुर्तेल विकेटकिपर हैदरबाट क्याच हुँदै आउट भएका थिए ।

    अल अमरेत क्रिकेट मैदान १ मा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले ३.४ ओभरमा २ विकेट गुमाउँदै १२ रन बनाएको छ । रोहित पौडेल ९ बलमा २ र सन्दीप जोरा क्रिजमा छन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार