बिहीबार , वैशाख २० गते २०८१

जन्ती लिएर सिन्धुपाल्चोक जाँदै गरेको बस दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु

जन्ती लिएर सिन्धुपाल्चोक जाँदै गरेको बस दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु

अखबार दैनिक
शुक्रबार, वैशाख ७ २०८१
  • जन्ती लिएर सिन्धुपाल्चोक जाँदै गरेको बस दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु

    बैशाख ७ काठमाडौं । दोलखाबाट बिहेको जन्ती लिएर सिन्धुपाल्चोक जाँदै गरेको बस दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको छ ।

    images

    शुक्रबार बिहान भिमेश्वर नगरपालिका–१ सुष्पाक्षमावतिबाट छुटेको बा ४ ख ५६१६ नम्बरको जन्ती बोकेको बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको दोलखा प्रहरीले जनाएको छ ।

    सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ४ स्थित पिस्कर जान लागेको उक्त जन्ती बस शुक्रबार बिहान साढे सात बजे दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको हो ।

    घटनास्थल पुगेको प्रहरी टोलीका अनुसार दुर्घटनामा ५२ जना घाइते भएका छन् भने पाँच जनाको अवस्था गम्भिर रहेको र उनीहरुलाई अस्पताल लगिएको छ । घटनाबारे थप विवरण आउन बाँकी छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ