बैशाख ७ काठमाडौं । हमासको कब्जामा रहेका विपिन जोशीको परिवारले प्रधानमन्त्री पुष्पकमल दाहालसँग विपिनको रिहाइका लागि अनुरोध गरेका छन् ।
शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा जोशीका बुबाआमासहित परिवारका सदस्यले प्रधानमन्त्री दाहालसँग भएको भेटमा विपिनको रिहाइका लागि थप प्रयासका लागि प्रधानमन्त्रीसँग अनुरोध गरेका हुन् ।
भेटमा प्रधानमन्त्री दाहालले आफू विपिनको रिहाइका लागि चिन्तित रहेको र त्यस निम्ति निरन्तर पहल गरिरहेको बताउँदै चाँडै सकारात्मक परिणाम आउनेमा आफू आशावादी रहेको बताए ।