बिहीबार , वैशाख २० गते २०८१

सुदूरपश्चिममा मुख्यमन्त्रीमा एमालेले दियो सोडारीलाई समर्थन

सुदूरपश्चिममा मुख्यमन्त्रीमा एमालेले दियो सोडारीलाई समर्थन

अखबार दैनिक
बिहीबार , वैशाख ६ २०८१
  • सुदूरपश्चिममा मुख्यमन्त्रीमा एमालेले दियो सोडारीलाई समर्थन

    काठमाडौँ । सत्ता गठबन्धनले सुदूरपश्चिको मुख्यमन्त्रीका लागि एकीकृत समाजवादीका दीर्घबहादुर सोडारीलाई अगाडि सार्ने भएको छ । एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ पक्षको समर्थनमा सोडारीले  दाबी पेस गर्न लागेका हुन् ।

    images

    माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश संसदीय दलका उपनेता अक्कल रावलले केन्द्रीय गठबन्धन अनुसार नै सोडारीले दाबी पेस गर्ने बताए । उनले भने, ‘हामी पाँच बजेभित्र दाबी पेस गर्न जान्छौं । एमाले, माओवादी केन्द्र र नाउपाको समर्थनमा दीर्घ सोडारीजीले दाबी पेस गर्नुहुन्छ ।’ 

    एमालेले सोडारीलाई मुख्यमन्त्रीमा स्वीकार नगर्ने बताएपछि सुदूरपश्चिम प्रदेशमा गठबन्धन भत्किने आकलन गरिएको थियो ।  एमालेले समर्थन नगरे सोडारीलाई आफूले समर्थन गर्ने कांग्रेसको तयारी थियो । अहिले एमालेले सोडारीलाई स्वीकार गर्ने बताएपछि गठबन्धनबाटै सोडारी मुख्यमन्त्रीमा दाबी पेस गर्ने तयारीमा छन् ।

    नाउपाको बहुमत पक्ष कांग्रेससँगको गठबन्धनमा रहेकाले सोडारीको दाबी पेस पनि विवादित हुने देखिन्छ । नाउपका ७ सांसद मध्ये कांग्रेससँग लक्ष्मणकिशोर चौधरीसहित ५ जना छन् भने कैलाश चौधरीसहित २ जना एमाले, माओवादीसहितको गठबन्धन नजिक छन् । एमालेका १०, माओवादीका १०, एकीकृत समाजवादीका ४, नाउपाका २ र स्वतन्त्र सांसद गरी २७ सांसदको समर्थन लिएर मुख्यमन्त्रीमा दाबी पेस गर्ने सोडारीको तयारी छ ।
     

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ