बुधबार, वैशाख १९ गते २०८१

बुधबार पक्राउ परेका एन्फाका उपाध्यक्ष दावा लामा रिहा

बुधबार पक्राउ परेका एन्फाका उपाध्यक्ष दावा लामा रिहा

अखबार दैनिक
बिहीबार , वैशाख ६ २०८१
  • बुधबार पक्राउ परेका एन्फाका उपाध्यक्ष दावा लामा रिहा

    काठमाडौं। लागूऔषध खैरो हिरोइन कारोबारमा संलग्न रहेको मुद्दामा बुधबार पक्राउ परेका अखिल नेपाल फुटबल संघ (एन्फा)का उपाध्यक्ष दावा लामा बिहीबार रिहा भएका छन् । 

    images

    लागूऔषध मुद्दामा पाँच वर्ष कैद सजाय सुनाइए पनि सर्वोच्च अदालतबाट उनले पहिले नै तारेखमा राख्नु भन्ने आदेश लिएको खुलेपछि लामालाई रिहा गरिएको प्रहरी स्रोतले जानकारी दिएको छ । 

    काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेर लामालाई बिहीबार उच्च अदालत पाटनमा पेस गरेको थियो । सो क्रममा लामाले सर्वोच्च अदालतबाट तारेखमा राख्नु भन्ने आदेश लिएको पेस गरेपछि उनलाई रिहा गरिएको हो । 

    दावालाई उच्च अदालत पाटनले २०६४ जेठ २० गते दोषी ठहर गरेको थियो । उनलाई ५ वर्ष कैद र ५ हजार जरिवाना तोकिएको थियो । 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ