बुधबार, वैशाख १९ गते २०८१

टाइम म्यागजिनको १०० प्रभावशाली व्यक्तिको सूचीमा आलिया भट्ट

टाइम म्यागजिनको १०० प्रभावशाली व्यक्तिको सूचीमा आलिया भट्ट

अखबार दैनिक
बिहीबार , वैशाख ६ २०८१
  • टाइम म्यागजिनको १०० प्रभावशाली व्यक्तिको सूचीमा आलिया भट्ट

    काठमाडौं । प्रतिष्ठित टाइम म्यागजिनले सन् २०२४ का लागि संसारका १०० प्रभावशाली व्यक्तिको सूची सार्वजनिक गरेको छ । जसमा अमेरिकी गायिका दुआ लिपादेखि भारतीय अभिनेत्री आलिया भट्टसम्म छन् ।

    images

    म्यागजिनले आलियालाई ‘अद्भूत प्रतिभा’को संज्ञा दिएको छ । उनी विश्वकै शीर्ष अभिनेत्रीमध्ये एक रहेको र बलिउडमा उनले दशकदेखि सराहनीय काम गरिरहेको प्रोफाइलमा उल्लेख छ ।

    व्यवसायमा समेत सक्रिय आलियाले परोपकारी कार्य समेत गरिरहेको म्यागजिनका लागि टम हार्परले उल्लेख गरेका छन् । आलियाको असल स्वभाव र इमान्दारीको पनि प्रशंसा भएको छ । टम जोसँग आलियाले आफ्नो पहिलो हलिउड फिल्म ‘हार्ट अफ स्टोन’मा एकसाथ काम गरेकी थिइन् ।

    तीनपटक ग्रामी अवार्ड जितेकी अमेरिकी गायिका दुआ लिपा पनि सूचीमा छिन् । योसँगै भारतीय मूलका बेलायती अभिनेता देव पटेल पनि प्रभावशालीको सूचीमा छन् । पटेल ओस्कार जित्ने भारतीय फिल्म ‘स्लमडग मिलेनियर’का अभिनेता समेत हुन् । उनी निर्देशित फिल्म ‘मंकी म्यान’ले यतिबेला प्रशंसा बटुलिरहेको छ ।

    सूचीमा कलाकारबाहेक टाइटन्स, नेतृत्व, अन्वेषक, पायोनियर्स लगायतका विधा पनि समावेश छन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ