बुधबार, वैशाख १९ गते २०८१

दुबईका विशाल राजमार्गहरू बाढीले अवरुद्ध

दुबईका विशाल राजमार्गहरू बाढीले अवरुद्ध

अखबार दैनिक
बिहीबार , वैशाख ६ २०८१
  • दुबईका विशाल राजमार्गहरू बाढीले अवरुद्ध

    एजेन्सी। कीर्तिमानी वर्षाले प्रभावित हुँदा वित्तीय केन्द्र दुबईका विशाल राजमार्गहरू बाढीले अवरुद्ध भएका छन् भने विमानस्थलका यात्रीहरूलाई बुधबार टाढा रहन आग्रह गरिएको छ। 

    images

    संयुक्त अरब इमिरेट्सको मरुभूमिमा मङ्गलबार करिब दुई वर्षमा पर्ने बराबरको दुई सय ५४ मिलिमिटरसम्म वर्षा भएपछि छ लेन भएको एक्सप्रेसवेमा जाममा फसेका गाडीहरूको विशाल लाइन देखिएको थियो।  

    Untitled-6_zFhGSUS11v.jpg

    प्रहरीका अनुसार मुलुकका सात इमिरेटमध्येको एक रास अल–खैमामा बाढीमा बगेर कारमा सवार ७० वर्षीय व्यक्तिको मृत्यु भएको छ। एक अधिकारीले यात्रीहरूलाई ‘अत्यावश्यक’ नभएसम्म अन्तर्राष्ट्रिय यातायातको दृष्टिले विश्वको सबैभन्दा व्यस्त दुबई विमानस्थलमा नआउन चेतावनी दिएका छन्। 

    दुबई विमानस्थलका प्रवक्ताले भने, 'उडानहरूमा ढिलाइ र मार्ग परिवर्तन जारी छ, हामी अत्यन्त चुनौतीपूर्ण अवस्थामा सकेसम्म चाँडो उडानहरू सञ्चालन गर्न अथक प्रयास गरिरहेका छौँ।'

    Untitled-7_SbT0iIOxy1.jpg

    पहुँच मार्गहरू पानीले भरिएको र केही मेट्रो सेवा निलम्बन भएपछि कर्मचारी र यात्रीहरूले आउन र जान सङ्घर्ष गर्नुपरेका कारण दुबईको प्रमुख इमिरेट्स एयरलाइनले बुधबारको सबै ‘चेक–इन’ रद्द गरेको छ। 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ