बुधबार, वैशाख १९ गते २०८१

अशोक दर्जीबारे फिल्म ‘मनबिनाको धन ठूलो कि धनबिनाको मन’ बन्ने

अशोक दर्जीबारे फिल्म ‘मनबिनाको धन ठूलो कि धनबिनाको मन’ बन्ने

अखबार दैनिक
बिहीबार , वैशाख ६ २०८१
  • अशोक दर्जीबारे फिल्म ‘मनबिनाको धन ठूलो कि धनबिनाको मन’ बन्ने

    काठमाडौं । बालगायक अशोक दर्जीको जीवन र सांगीतिक करिअरको उतारचढावमा आधारित रहेर फिल्म ‘मनबिनाको धन ठूलो कि धनबिनाको मन’ बन्ने भएको छ । बिहीबार चलचित्र विकास बोर्डमा यो शीर्षकमा फिल्म दर्ता गर्दै निर्माताले निर्माण इजाजत लिएका छन् ।

    images

    पटकथा लेखक शिवम् अधिकारीले फिल्मको स्क्रिप्ट निर्माताद्वय टंक बुढाथोकी र विनय अधिकारीलाई बुझाएका छन् । बोर्डमा दर्ता गरिएअनुसार निर्देशकमा टंककै नाम उल्लेख छ । तर उनले नै निर्देशन गर्ने निधो भइनसकेपनि त्यो सम्भावना बलियो रहेको लेखक अधिकारीले बताए ।

    शिवमका अनुसार बालगायक दर्जीको संगीत करिअरमा टंकले दिएको योगदान र कथित ‘अलग’ जातको मान्छेलाई आफ्नो घरमा राखेर दिएको जातीय सहिष्णुताबारेको सन्देशको कथावस्तु यो फिल्ममा समावेश हुनेछ ।

    ‘यी दुईजना अलग-अलग कास्टको भएपनि एउटै भावनासहित एकै परिवारमा बसिरहेका छन् । तर हाम्रो समाजले त त्यो स्वीकार्दैन नि त । टंकको परिवारले कसरी मानवीय भावनाले त्यसलाई स्वीकारेको छ भन्ने कथा यसमा हुनेछ,’ शिवमले भने ।

    फिल्ममा अशोक स्वयंको समेत अभिनय हुनेछ । नायक र नायिकाको रोलबारे चाँडै टुंगो लगाएपछि छायांकन डेट पनि निधो हुने उल्लेख छ । २०८१ सालभित्रै यसलाई प्रदर्शन गर्ने तयारी छ ।

    पाँच वर्षअघि रिलिज भएको हिट गीत ‘मनबिनाको धन ठूलो कि’ गीतबाटै शीर्षक तय गरिएको छ । यही गीतको भावमा फिल्मको थिम तयार पारिएको छ । यो गीतमा अशोक र टंक दुवै फिचर्ड थिए ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार