शनिबार, वैशाख २२ गते २०८१

कांग्रेसले उठाएको माग अर्बौं बचत हिनामिनाको विषय हो : देउवा

कांग्रेसले उठाएको माग अर्बौं बचत हिनामिनाको विषय हो : देउवा

अखबार दैनिक
आइतबार, वैशाख २ २०८१
  • कांग्रेसले उठाएको माग अर्बौं बचत हिनामिनाको विषय हो : देउवा

    २  वैशाख, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सहकारीको मुद्दा पार्टीगत नभएको बताएका छन् ।

    images

    आइतबार बसेको संसदीय दलको बैठकमा कांग्रेसले उठाएको माग पार्टीगत नभई लाखौं सहकारी पीडितको अर्बौं बचत हिनामिनाको विषय भएको बताएका छन् । ‘यस्तो गम्भीर विषयलाई संसदीय छानबिन समिति बनाई यथार्थ विषयवस्तु बाहिर ल्याउन माग गरिएकोमा यसलाई सरकारले छल्ने उद्देश्यले संसदनै बन्द गर्ने निर्णय गरेको छ,’ देउवाले बैठकमा भने ।

    आइतबारदेखि गरिएको संसद बैठक अन्त्यले सरकार सहकारी पीडितका पक्षमा नभएको देउवाले बताए ।

    सरकार सुशासनको पक्षमा नरहेको र गैरजिम्मेवारी रुपमा प्रस्तुत भएको संसद बैठक अन्त्यले पुष्टि गरेको उथले बताए ।

    सहकारी पीडित र सुशासनको पक्षमा दृढतापूर्वक उभिएर आवाज उठाइरहन उनले सांसदहरुलाई निर्देशन दिए ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार