शनिबार, वैशाख २२ गते २०८१

कांग्रेस नेता खेमराज पौडेलको निधन

कांग्रेस नेता खेमराज पौडेलको निधन

अखबार दैनिक
शुक्रबार, चैत ३० २०८०
  • कांग्रेस नेता खेमराज पौडेलको निधन

    काठमाडौँ । नेपाली कांग्रेसका नेता खेमराज पौडेलका निधन भएको छ । शुक्रबार बिहान पोखराको फेवासिटी  अस्पतालमा ८० वर्षको उमेरमा पौडेलको निधन भएको कांग्रेस कास्कीका सभापति किशोरदत्त बरालले बताए । 

    images

    कांग्रेसस पार्टी कार्यालय पोखरामा श्रद्धान्जली सभा गरेर आजै पोखराको रामघाटमा दाहसंस्कार गरिने बरालले बताए ।  पौडेल कांग्रेस जिल्ला सदस्य, सचिव, उपाध्यक्ष भएका थिए । २०५९ सालमा कांग्रेस विभाजन भइ  शेरबहादुर देउवाको नेतृत्वमा कांग्रेस (लोकतान्त्रिक) बन्दा उनी कास्की सभापति भएका थिए ।

    कांग्रेसको आमन्त्रित केन्द्रीय सदस्यसम्म बनेका उनी सुकुम्वासी आयोगका अध्यक्ष पनि भएका थिए । २०७६ मा कास्की–२ मा भएको उपनिर्वाचनमा पौडेललाई कांग्रेसले उम्मेदवार बनाएको थियो । एमाले नेता रविन्द्र अधिकारीको निधन भएपछि भएको उपनिर्वाचनमा पौडेल अधिकार पत्नी विद्या भट्टराईसँग पराजित भएका थिए ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार