शनिबार, वैशाख २२ गते २०८१

लुम्बिनीका मुख्यमन्त्री महराले मागे विश्वासको मत

लुम्बिनीका मुख्यमन्त्री महराले मागे विश्वासको मत

अखबार दैनिक
शुक्रबार, चैत ३० २०८०
  • लुम्बिनीका मुख्यमन्त्री महराले मागे विश्वासको मत

    ३० चैत, काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले विश्वासको मत मागेका छन् । प्रदेशसभाको शुक्रबार बसेको बैठकमा माओवादी संसदीय दलका नेता समेत रहेका मुख्यमन्त्री महराले विश्वासको मत मागेका हुन् ।

    images

    केन्द्रीय राजनीतिमा आएको फेरबदलका कारण यो कार्यकालको तेस्रो मुख्यमन्त्रीका रुपमा आफू आएको भन्दै उनले सरकार सञ्चालनमा सबैले सहयोग गर्ने विश्वास व्यक्त गरे ।

    सत्ता पक्ष मात्र होइन, विपक्षीलाई समेत साथमा लिएर अगाडि बढ्ने भन्दै उनने भने, ‘जुन आशा र भरोसामा मलाई अगाडि सार्नु भएको छ, त्यसमा कमी हुन दिने छैन ।’ छिट्टै मन्त्रिपरिषद् विस्तार गर्ने उनले बताए ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार