शनिबार, वैशाख २२ गते २०८१

फेरि ह्वात्तै बढ्यो सुनको मूल्य

फेरि ह्वात्तै बढ्यो सुनको मूल्य

अखबार दैनिक
शुक्रबार, चैत ३० २०८०
  • फेरि ह्वात्तै बढ्यो सुनको मूल्य

    चैत्र ३० काठमाडौं । आज शुक्रबार सुन चाँदीको भाउ ह्वात्तै बढेको छ । सुन आज तोलामा २४ सय रुपैयाँले बढेकाे हाे ।

    images

    बिहिबार प्रतितोला १ लाख ३६ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज तोलामा २४ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ३९ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यो मूल्य हालसम्मकै उच्च मूल्य हो ।त्यस्तै आज तेजावी सुन पनि तोलामा २४ सय रुपैयाँले नै बढेर प्रतितोला १ लाख ३८ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ ।

    चाँदीको मूल्य पनि ताेलामा ५० रुपैयाँले बढेकाे छ । चाँदी ५० रुपैयाँले बढेर प्रतितोला १ हजार ७ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार