शनिबार, वैशाख २२ गते २०८१

युरोपा लिग फुटबल : प्रतिस्पर्धात्मक खेलमा रोमाले एसी मिलानलाई हरायो

युरोपा लिग फुटबल : प्रतिस्पर्धात्मक खेलमा रोमाले एसी मिलानलाई हरायो

अखबार दैनिक
शुक्रबार, चैत ३० २०८०
  • युरोपा लिग फुटबल : प्रतिस्पर्धात्मक खेलमा रोमाले एसी मिलानलाई हरायो

    काठमाडौँ । युरोपा लिग फुटबलको बिहीबार राति खेलिएको दुई इटालियन क्लबबिचको रोमाञ्चक भिडन्तमा रोमाले सफलता हात पारेको छ । क्वार्टरफाइनलको पहिलो लेग खेलमा रोमाले एसी मिलानमाथि १–० गोलको प्रतिस्पर्धात्मक जित हासिल गरेको हो ।

    images

    जिसतँगै रोमाले प्रतियोगिताको सेमिफाइनलमा पुग्ने सम्भावना पनि बलियो बनाएको छ । खेलको प्रारम्भमै गरेको गोल नै भ्रमणकारी टोली रोमाका लागि निर्णायक बन्यो । खेल सुरु भएको १७औँ मिनेटमै रोमाका लागि जियानलुका मान्सिनीले गोल गरेका थिए ।

    सान सिरोमा खेलिएको उक्त खेलमा डिफेन्डर पाउलो डिबालाले कर्नरबाट उपलब्ध गराएको पासमा मान्सिनीले हेड गोल गरेका थिए । प्रतिस्पर्धात्मक खेलमा त्यसपछि दुबै टोलीबाट थप गोल हुन सकेन् । रोमा अघिल्लो सिजनको उपविजेता पनि हुन् । 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार