शनिबार, वैशाख २२ गते २०८१

राप्रपालाई तीन दिनभित्र उपस्थित हुन काठमाडौँ महानगरको पत्र

राप्रपालाई तीन दिनभित्र उपस्थित हुन काठमाडौँ महानगरको पत्र

अखबार दैनिक
बिहीबार , चैत २९ २०८०
  • राप्रपालाई तीन दिनभित्र उपस्थित हुन काठमाडौँ महानगरको पत्र

    काठमाडौँ महानगरपालिकाले राष्ट्रिय प्रजातन्त्र पार्टीलाई तीन दिनभित्र उपस्थित हुन पत्र काटेको छ । राप्रपाले मङ्गलवार गरेको आन्दोलनको क्रममा जथाभाबी फोहोर गरेको भन्दै महानगरले उपस्थितिका लागि पत्र काटेको हो ।

    images

    ‘चैत २७ को पार्टी कार्यालयको प्रदर्शनीको कारण महानगरपालिका क्षेत्रमा फोहोरमैला भएको तथा महानगरपालिका अन्तर्गत प्रदर्शनीमार्ग स्थित ट्राफिक आईल्याण्डमा क्षति पुगेको हुँदा त्यस विषयमा छलफल गर्नुपर्ने भएकाले पत्र प्राप्त भएको मितिले तीन दिन भित्र यस कार्यालयमा उपस्थित हुन जानकारी गराउँदछु,’ महानगरको पत्रमा भनिएको छ ।

    पुतली सडक, भद्रकाली क्षेत्रमा आन्दोलन गर्ने क्रममा राप्रपाका कार्यकर्ताले सौन्दर्यका लागि बनाइएका बाटिका भत्काउने र जथाभाबी फोहोर गरेर सडकलाई कुरूप बनाउने काम गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार