शनिबार, वैशाख २२ गते २०८१

कांग्रेसको नियतमाथि छानबिन गर्न समिति बनाऔँ : महेश बर्तौला

कांग्रेसको नियतमाथि छानबिन गर्न समिति बनाऔँ : महेश बर्तौला

अखबार दैनिक
बुधबार, चैत २८ २०८०
  • कांग्रेसको नियतमाथि छानबिन गर्न समिति बनाऔँ : महेश बर्तौला

    काठमाडौँ । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले नेपाली कांग्रेस सरकारमा हुँदा सहकारी प्रकरणको छानबिन अगाडि नबढाएको विषयमा कांग्रेसमाथि नै छानबिन गर्नुपर्ने बताएका छन् ।  

    images

    बुधबार प्रतिनिधिसभा बैठकपछि प्रमुख सचेतक बर्तौलाले कांग्रेस सरकारमा हुँदा सहकारी प्रकरणमा प्रश्न उठेका व्यक्तिको किन छानबिन भएन भनेर प्रश्न गरेका हुन् । उनले सरकारमा हुँदा किन अनुसन्धान गरिएन भन्दै कांग्रेसको नियतमाथि अनुसन्धान गर्न समिति बनाउनुपर्ने बताए । उनले कांग्रेसले सरकारबाट बाहिरिने बित्तिकै प्रतिशोध साँधेको बताए । सरकारमा हुँदा जनताहरू सहकारीबाट ठगिएको नदेख्ने कांग्रेसले सरकारबाट बाहिरिनसाथ देखेको उनले बताए । प्रमुख सचेतक बर्तौलाले कांग्रेसले संसद्को स्थापित विधि र मान्यतालाई धज्जी उडाएर संसद् अवरुद्ध गरेको बताए । 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार