शनिबार, वैशाख २२ गते २०८१

व्यवहारमा काम नगर्ने हो भने अर्थतन्त्रले अंगालेको बाटो भंग हुन सक्छ : पूर्व अर्थमन्त्री महत

व्यवहारमा काम नगर्ने हो भने अर्थतन्त्रले अंगालेको बाटो भंग हुन सक्छ : पूर्व अर्थमन्त्री महत

अखबार दैनिक
बुधबार, चैत २८ २०८०
  • व्यवहारमा काम नगर्ने हो भने अर्थतन्त्रले अंगालेको बाटो भंग हुन सक्छ : पूर्व अर्थमन्त्री महत

    पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्र सुधारको बाटोले निरन्तरता पाउनेमा शंका व्यक्त गरेका छन्। नेपाल उद्योग वाणिज्य महासंघको ५८औं वार्षिक उत्सवमा अर्थमन्त्री महतले सरकारले सुधारका कुरा गर्ने तर काम नगर्ने गरेको भन्दै थप समस्या निम्तिन सक्ने बताएका हुन्। महतले आफू अर्थमन्त्री रहँदा अनुशासनमा रहेर काम गरेकै कारण अर्थतन्त्र लयमा फर्किएको दाबी गरे। 

    images

    महतले कन्ट्री रेटिङमा पनि अहिलेको सरकारले चासो नदेखाएको बताए। लगानी सम्मेलनअघि नै कन्ट्री रेटिङको तयारी भएको उल्लेख गर्दै हाल त्यसमा चासो नदेखाउनु राम्रो नभएको उनको धारणा छ। 

    महतले रोजागारी र उत्पादनको कुरा गर्दा अनुदानको विषय मात्रै जोडिने गरेकाले आफूले ब्याजमा अनुदान दिनुपर्ने व्यवस्थाको विषय उठाएको बताए।  'आउने बजेट हाम्रो दायित्व र प्राथमिकताअनुसार आउन आवश्यक छ,' महतले भने, 'अब कुरा मात्र गर्ने नभएर काम गर्ने प्रचलन ल्याउन आवश्यक छ।'

    उनले सरकारले मौखिक रूपमा निजी क्षेत्रसँग सहकार्य गर्ने बताए पनि व्यवहारमा गर्न नसकेको दाबी गरे।  'मौखिक रूपमा मात्र सहकार्यको कुरा गर्ने तर व्यवहारमा काम नगर्ने हो भने अर्थतन्त्रले अंगालेको बाटो भंग हुन सक्छ,' महतले भने, 'कुराले मात्र सुधार हुँदैन। व्यवहारमा काम गर्न आवश्यक छ।' उनले निजी क्षेत्र आर्थिक समृद्धिको महत्त्वपूर्ण पाटो हो भन्ने विषयमा कांग्रेस कहिल्यै पनि द्विविधामा नपरेको र नरहेको बताए।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार