शनिबार, वैशाख २२ गते २०८१

गृहमन्त्री लामिछानेले राजीनामा दिनुपर्छ : नेता सिंह

गृहमन्त्री लामिछानेले राजीनामा दिनुपर्छ : नेता सिंह

अखबार दैनिक
बुधबार, चैत २८ २०८०
  • गृहमन्त्री लामिछानेले राजीनामा दिनुपर्छ : नेता सिंह

    काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सहकारीको रकम अपचलनको विषयमा प्रश्न उठेकाले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले राजीनामा दिनुपर्ने बताएका छन् ।

    images

    बुधबार बिहान बुद्धनगरमा आयोजित एक कार्यक्रममा उनले राजीनामा दिएपछि संसदीय छानबिन समितिले निकाल्ने निष्कर्षका आधारमा अघि बढ्नुपर्ने बताए । 

    बजेट निर्माणको क्रममा विवादमा मुछिएका पूर्वअर्थमन्त्री जनार्दन शर्माले पनि पदबाट राजीनामा दिएको र संसदीय छानबिन समितिले सफाइ पाएपछि पदमा फर्किएको भन्दै उनले रविलाई पनि राजीनामा दिएर छानबिनमा सघाउन सुझाव दिए । 

    ‘सहकारीको रकम अपचलनको विषयमा जोमाथि शङ्का भइरहेको छ, उही हाकिम भएर बस्न मिल्छ र ?,’ नेता सिंहले भने, ‘शङ्का उठिसकेकाले छानबिन गर्नुपर्‍यो नि त ।’

    कांग्रेसलाई संसदीय अभ्यास थाहा भएको भन्दै सहकारी प्रकरणमा संसदीय छानबिन समितिका लागि संसद् अवरोध जारी राखेको बताए । कांग्रेसलाई कसैले संसदीय पाठ नसिकाउन समेत उनले चेतावनी दिए ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार