शनिबार, वैशाख २२ गते २०८१

वेस्ट इन्डिजको ए क्रिकेट टिम नेपाल आउने

वेस्ट इन्डिजको ए क्रिकेट टिम नेपाल आउने

अखबार दैनिक
मंगलबार, चैत २७ २०८०
  • वेस्ट इन्डिजको ए क्रिकेट टिम नेपाल आउने

    आइसिसी टी-२० विश्वकप २०२४ अघि नेपालले वेस्ट इन्डिजको ए क्रिकेट टिमसँग सिरिज खेल्ने भएको छ। नेपाल क्रिकेट संघ (क्यान) का अनुसार वेस्ट इन्डिजको ए क्रिकेट टिम र नेपालबीच अप्रिल २५ देखि सिरिज सुरू हुनेछ।

    images

    दुई टिमले कीर्तिपुरस्थित त्रिवि मैदानमा पाँच टी-२० खेल खेल्ने छन्। हाल नेपाली क्रिकेट टिम भारतमा छ। भारतमा फ्रेन्डसिप कप खेलेको नेपाली क्रिकेट टिम ओमान प्रस्थान गर्ने कार्यक्रम छ।

    ओमानमा नेपालले एसिसी प्रिमियर कप खेल्दैछ। कपपछि नेपाल र वेस्ट इन्डिजबीच सिरिज हुन लागेको हो। वेस्ट इन्डिजसँग सिरिज खेलेपछि नेपाली टिम टी-२० विश्वकपका लागि अमेरिका प्रस्थान गर्ने कार्यक्रम छ। अमेरिका र वेस्ट इन्डिजमा जुन पहिलो सातादेखि टी-२० विश्वकप हुँदैछ। विश्वकपमा नेपाल समूह डी मा छ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार