२७ चैत, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाडौंमा शक्ति प्रदर्शन सुरु गरेको छ । व्यवस्था परिवर्तनका लागि भन्दै राप्रपा भृकुटीमण्डपमा भेला भएर सिंहदरबारतर्फ अघि बढेको छ ।
राप्रपाले सरकारसमक्ष पेश गरेको ४० बुँदे माग पूरा गराउन दबाब दिने उद्देश्यले काठमाडौं केन्द्रित जनप्रदर्शन गरेको छ । र्याली निषेधित क्षेत्रतर्फ अघि बढ्न लागेपछि प्रहरीले पानीको फोहोरा प्रहार गरेको छ ।