सोमबार, वैशाख २४ गते २०८१

गोरखामा सुरु भयो सेनाको जितगढीसम्मको एकीकरण पदयात्रा

गोरखामा सुरु भयो सेनाको जितगढीसम्मको एकीकरण पदयात्रा

अखबार दैनिक
मंगलबार, चैत २७ २०८०
  • गोरखामा सुरु भयो सेनाको जितगढीसम्मको एकीकरण पदयात्रा

    २७ चैत्र, गोरखा । नेपाली सेनाको दोस्रो ऐतिहासिक गोरखा–जितगढी एकीकरण पदयात्रा सुरु भएको छ । मंगलवार गोरखा दरबारबाट यात्रा सुुरु भएको हो । अधिकृतको कमाण्डमा ४८ जना यात्रामा सहभागी छन् ।

    images

    उनीहरुलाई एक कार्यक्रमका बीच तत्कालीन समयमा पृथ्वीनारायण शाहले खडा गरेको पाँच पल्टन (पुरानो गोखर, कालिबक्स, बर्दवाणी, सवुज र श्रीनाथ) को झण्डा र टर्च लाइट दिएर बिदाइ गरिएको रिपुमर्दन गणका गणपती अशोककुमार क्षेत्रीले बताए ।

    नेपाली सेनाका पश्चिम पृतना हेडक्वाटरका पृतनापति उपरथी सन्तोष बल्लभ पौडेल, गोरखा जिल्ला अदालतका न्यायधीश शिवबहादुर रानाभाट, गोरखा नगरपालिकाका मेयर कृष्ण राना, प्रमुख जिल्ला अधिकारी भोला दाहालले संयुक्त रुपमा झण्डा र टर्च हस्तान्तरण गरेका हुन् ।

    gorkha-ekikaran-padyatra-2.jpg

    गोरखाबाट सुरु भएको यात्रा तनहुँ पाल्पा हुदैं जितगढी पुग्ने गणपती क्षेत्रीले बताए । ‘आठ दिनको यात्रा हुनेछ,’ उनले भने, ‘गोरखाको टोलि पालुङटारको सतिघाट पुगेर तनहुँलाई हस्तान्तरण गर्छ । तनहुँले पाल्पालाई र पाल्पाले रुपन्देहीलाई बुझाउछ ।’ रुपन्देशीको टोली वैशाख ५ गते जितगढी पुगेर बिजय उत्सवमा सहभागी हुने उनले जानकारी दिए ।

    उनका अनुसार नेपाल र तत्कालीन ब्रिटिस इस्ट इन्डिया कम्पनीबीच भएको लडाइमा विजय प्राप्त गरेको दिन (वैशाख ७ गते) लाई विजय उत्सवको रुपमा मनाउने गरिन्छ ।

    ऐतिहासिक कोट, गढी, किल्लाहरुको संरक्षण गर्दै इतिहासको जगेर्ना गर्ने उदेश्यका साथ पदयात्रा सुरु गरिएको पृतनापति पौडेलले बताए । पर्यटन प्रवद्र्धनमा समेत यसले सहयोग पुर्‍याउने उनले जानकारी दिए ।

    करिब दुई सय सात किलोमिटर दूरीको यात्रामा सहभागीलाई सम्बन्धित स्थानीय तह र जिल्लाको सिमानामा जनप्रतिनिधि, सुरक्षा निकायका प्रमुखहरु सहितको उपस्थितिमा बिदाइ गर्ने कार्यक्रम तय भएको नेपाली सेनाले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार