सोमबार, वैशाख २४ गते २०८१

भद्रकाली प्रदर्शनमा पक्राउ परेकालाई रिहा गर्न मुक्ति क्रान्तिको माग

भद्रकाली प्रदर्शनमा पक्राउ परेकालाई रिहा गर्न मुक्ति क्रान्तिको माग

अखबार दैनिक
सोमबार, चैत २६ २०८०
  • भद्रकाली प्रदर्शनमा पक्राउ परेकालाई रिहा गर्न मुक्ति क्रान्तिको माग

    २६ चैत, काठमाडौं । राष्ट्रिय मुक्ति क्रान्तिले भद्रकाली प्रदर्शनका क्रममा पक्राउ परेकाहरूलाई तत्काल रिहा गर्न माग गरेको छ । राष्ट्रिय मुक्ति क्रान्तिका अनुसार प्रदर्शनका क्रममा १२ जना पक्राउ परेका छन् भने ४४ जना घाइते भएका छन् ।

    images

    गत शनिबार सिंहदरबार पश्चिम क्षेत्र, भद्रकाली मन्दिर अगाडि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको थियो । झडपका क्रममा केही प्रदर्शनकारी घाइते भएका थिए भने केही प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको थियो ।

    घाइते भएका प्रदर्शनकारीलाई उपचार गराउनुको साटो मुद्दा चलाउने सरकारले निर्णय गरेको भन्दै मुक्ति क्रान्तिले भर्त्सना गरेको छ ।

    झडपमा क्रममा प्रहरीले बौद्ध भिक्षुहरूलाई समेत लात्ती प्रहार गरेको भिडियो सार्वजनिक भएको छ । भिक्षुलाई लात्ती हान्ने प्रहरीलाई विभागीय कारबाहीको प्रक्रिया अगाडि बढाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ