शुक्रबार, मंसिर ७ गते २०८१

एसबिआई बैंकका ग्राहकलाई न्युरो अस्पतालमा छुट

एसबिआई बैंकका ग्राहकलाई न्युरो अस्पतालमा छुट

अखबार दैनिक
आइतबार, चैत २५ २०८०
  • एसबिआई बैंकका ग्राहकलाई न्युरो अस्पतालमा छुट

    काठमाडौँ । नेपाल एसबिआई बैंक लि. र विराटनगरस्थित न्युरो कार्डियो  एण्ड मल्टीस्पेसियालिटी हस्पिटल प्रा.लि. (न्युरो अस्पताल) बिच बैंकका ग्राहकलाई छुट प्रदान गर्ने विषयमा सम्झौता भएकव छ ।

    images

    बैंकका भिसा डेबिट कार्ड तथा मोबाइल बैंकिङ सेवा प्रयोगकर्ता ग्राहकहरुलाई लक्षित गरी न्युरो अस्पतालमा कार्ड तथा मोबाइल बैंकिङ प्रयोग बापत विभिन्न स्वास्थ्य सेवामा छुट प्रदान गर्ने सम्झौता भएको हो । उक्त सम्झौता बैंकका कोशी प्रदेश प्रमुख रबिन घिमिरे तथा अस्पतालका अपरेशन डाइरेक्टर राजेश भट्टराईले हस्ताक्षर गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ