पोखरा । गण्डकी प्रदेशमा एमालेका नेता खगराज अधिकारीको नेतृत्वमा सरकार गठन गर्न दावी पेस गरिएको छ । एमाले, माओवादी र स्वतन्त्र सांसद राजीव गुरुङको समर्थनमा मुख्यमन्त्री दावी गरिएको हो ।
यसमा सभामुखको समेत संख्या गनिएको छ ।
कोशीमा सभामुख सहित संख्या गनेर दावी गर्दा पछि अदालतले उक्त सरकार उल्ट्याइदिएको थियो । त्यही घटना गण्डकीमा पनि दोहोरिने भएको छ ।
एमालेका २२, माओवादीका सभामुख सहित ८ र मनाङे गरी ३१ सीट पुग्छ । दलको सीट संख्याका आधारमा बहुमत पु¥याएर दावी पेस गरिएको अधिकारीले बताए ।