बिहीबार , वैशाख २० गते २०८१

प्रधानमन्त्रीद्वारा पुरातत्विक महत्त्वको बहुमूल्य धातु क्वार्ज क्रिस्टल गोर्खा दरबारमा प्रतिस्थापन

प्रधानमन्त्रीद्वारा पुरातत्विक महत्त्वको बहुमूल्य धातु क्वार्ज क्रिस्टल गोर्खा दरबारमा प्रतिस्थापन

अखबार दैनिक
शुक्रबार, चैत २३ २०८०
  • प्रधानमन्त्रीद्वारा पुरातत्विक महत्त्वको बहुमूल्य धातु क्वार्ज क्रिस्टल गोर्खा दरबारमा प्रतिस्थापन

    चैत २३ गोरखा । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले गोरखा दरबारमा पुरातत्विक महत्त्वको बहुमूल्य धातु क्वार्ज क्रिस्टल प्रतिस्थापन गर्नुभएकोको छ ।

    images

    गोरखा नगरपालिकाले गोरखा दरबार परिसरमा आज आयोजना गरेको कार्यक्रमका बीच प्रधानमन्त्री प्रचण्डले उक्त धातु पृथ्वीनारायण शाहको गद्दी आसन छेउमा प्रतिस्थापन गर्नुभएको हो ।

    12023e88-0a66-4d4a-ae22-b2fc6ad6f3af.jpg

    साे अवसरमा प्रधानमन्त्री प्रचण्डले ऐतिहासिक र बहुमूल्य धातु क्वार्जको प्रतिस्थापन भएसँगै जिल्लाको महत्त्व अझ बढ्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले जिल्लाको पर्यटन प्रवर्द्धनमा थप योगदान पुग्ने उल्लेख गर्नुभयो ।

    03ec1f2d-ba61-445e-b354-868ee7dd775e.jpg

    गोरखा जिल्लाको जनप्रतिनिधिका हैसियतले यहाँको विकास निर्माणमा आफू निरन्तर लागिपर्ने विश्वास दिलाउँदै प्रधानमन्त्री प्रचण्डले गोरखकाली उद्योग, बुढीगण्डकी जलविद्युत आयोजना एवम् पार्क  निर्माणमा आफ्नो ध्यान जाने  बताउनुभयो ।

    गोरखा जिल्लामा फेला पारिएको ५२.३३० केजीको उक्त धातु पुरातत्व विभागले बहुमूल्य भएको प्रमाणित गरेको थियोे ।

    c6c8c0d6-1862-4e5b-bc26-9b87f60e7ec7.jpgefa32c16-a326-49d1-8f4a-ad3d7872e3c6.jpgc250c4a2-ca7f-4d5c-9d72-efcfb853423c.jpg76eb7a1c-73ba-4c29-9d98-60804a6572ca.jpg

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ