बुधबार, कात्तिक २१ गते २०८२

क्वार्ज क्रिष्टल प्रतिस्थापनका लागि प्रधानमन्त्री प्रचण्ड आज गोरखा दरबार जाँदै

क्वार्ज क्रिष्टल प्रतिस्थापनका लागि प्रधानमन्त्री प्रचण्ड आज गोरखा दरबार जाँदै

अखबार दैनिक
शुक्रबार, चैत २३ २०८०
  • क्वार्ज क्रिष्टल प्रतिस्थापनका लागि प्रधानमन्त्री प्रचण्ड आज गोरखा दरबार जाँदै

    नमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज गोरखा जाँदैछन् । बहुचर्चित क्वार्ज क्रिष्टल गोरखा दरबार भित्रको पृथ्वीनारायण शाहको गद्दी भएको ठाउँमा प्रतिस्थापना गर्नको लागि प्रधानमन्त्री प्रचण्ड गोरखा जान लागेका हुन्। उनी मध्यान्ह १२ बजे गोरखा पुग्ने छन्। 

    367410952_10231226861599400_5178931356507551590_n.jpg

    गत असार १४ गते गोरखा नगरपालिका – ७ सतिपिपलका राममाया शाहीको घरबाट क्वार्ज क्रिष्टल बरामद गरी जिल्ला प्रहरी कार्यालय गोरखाको एउटा कोठामा राखिएको थियो।

    त्यही क्वाज क्रिष्टललाई जिल्ला प्रहरी कार्यालयबाट बाजागाजासहित बजार परिक्रमा गराउँदै दरबार लैजाने कार्यक्रम रहेको गोरखा नगरपालिकाले जनाएको छ। त्यसका लागि नगरपालिकाले सबैलाई उपस्थित हुनका लागि आग्रह जारी गरेको छ। प्रचण्ड गोरखाका जनप्रतिनिधि समेत हुन्। 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ