शुक्रबार, वैशाख २१ गते २०८१

एमाले स्याङ्जाको अधिवेशन आजदेखि, अध्यक्ष ओलीले उद्घाटन गर्ने

एमाले स्याङ्जाको अधिवेशन आजदेखि, अध्यक्ष ओलीले उद्घाटन गर्ने

अखबार दैनिक
शुक्रबार, चैत २३ २०८०
  • एमाले स्याङ्जाको अधिवेशन आजदेखि, अध्यक्ष ओलीले उद्घाटन गर्ने

    चैत २३ पोखरा । नेकपा एमाले स्याङ्जाको जिल्ला अधिवेशन आजदेखि सुरु हुँदै छ । नवौँ अधिवेशनको उद्घाटन पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्ने छन् । अहिले गण्डकीको सबैजसो जिल्लामा गुटगत प्रतिस्पर्धा व्याप्त छ ।

    images

    हालसम्म म्याग्दी, गोरखा, कास्की र लमजुङको अधिवेशन सकिएको छ । सबै जिल्लामा गुटबाट प्रतिस्पर्धा भएको थियो । सर्वसम्मत भएका ठाउँमा पनि गुटकै प्रभाव छ । तर स्याङ्जामा कुनै प्रभाव नरहने पोलिटब्युरो सदस्य एवं स्याङ्जा जिल्ला इन्चार्ज टुकराज सिग्देलले बताए ।

    स्याङ्जाको अधिवेशनले ५ पदाधिकारीसहित १ सय ५ सदस्यीय जिल्ला कमिटी चयन गर्नेछ । अधिवेशनमा जिल्लाका ११ पालिकासहित ९७ वडाका ६ सय ९ जना प्रतिनिधि चयन भएका छन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ