मंगलबार, वैशाख १८ गते २०८१

जीवनबहादुर शाहीको सांसद पद निलम्बन

जीवनबहादुर शाहीको सांसद पद निलम्बन

अखबार दैनिक
बिहीबार , चैत २२ २०८०
  • जीवनबहादुर शाहीको सांसद पद निलम्बन

    २२ चैत, काठमाडौं । नेपाली कांग्रेस कर्णाली प्रदेश संसदीय दलका नेता जीवनबहादुर शाहीको सांसद पद स्वतः निलम्बनमा परेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा विशेष अदालतमा दर्ता गरेपछि शाहीको सांसद पद निलम्बनमा परेको हो ।

    images

    भ्रष्टचार निवारण ऐन, २०५८ अख्तियार दुरुपयोग अनुसन्धान आयोग, २०४८ मा भएको व्यवस्था अनुसार सार्वजनिक पदमा भएको व्यक्तिविरुद्ध मुद्दा दर्ता भएमा स्वतः निलम्बन पर्ने व्यवस्था छ ।

    दुई वटा वाइडवडी विमान खरिदमा भ्रष्टचार गरेको भन्दै अख्तियारले पूर्व पर्यटन मन्त्रीसमेत रहेका शाहीसहित ३२ जनालाई मुद्दा दर्ता गरेको छ । वाइडवडी खरिदमा १ अर्ब ४७ करोड रुपैयाँ भ्रष्टचार भएको दाबी अख्तियारले गरेको छ ।

    ४ मंसिर २०७९ मा भएको निर्वाचनमा शाही हुम्ला प्रदेश सभा (२) बाट निर्वाचित भएका थिए । २०७४ सालमा कर्णालीमा कांग्रेसबाट प्रदेश सभामा प्रत्यक्षतर्फ निर्वाचित हुने शाही एक्ला उम्मेदवार थिए । तत्कालीन नेकपा पार्टी विभाजित भएपछि शाही गठबन्धनबाट कर्णालीको मुख्यमन्त्री बनेका थिए ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ