शनिबार, वैशाख २२ गते २०८१

नेपालको फिफा वरीयता घट्यो

नेपालको फिफा वरीयता घट्यो

अखबार दैनिक
बिहीबार , चैत २२ २०८०
  • नेपालको फिफा वरीयता घट्यो

    २२ चैत, काठमाडौं । नेपाली पुरुष राष्ट्रिय टिमको फिफा वरीयता घटेको छ । बिहीबार फिफाले निकालेको नयाँ वरीयतामा नेपाल ३ स्थान तल झरेको हो ।

    images

    १७५औं स्थानमा रहेको नेपाल ३ स्थान तल झर्दै १७८ मा पुगेको छ । फिफा विश्वकप २०२६ को छनोट खेलमा लगातार खराब प्रदर्शन गरेका कारण नेपालको वरीयता घटेको हो ।

    दक्षिण एसियामा भारत शीर्ष स्थानमा छ । तथापी भारतको पनि फिफा वरीयतामा भने गिरावट आएको छ । ११७ स्थानबाट ४ स्थान घटुवा हुँदै १२१ औं स्थानमा आएको हो ।

    माल्दिभ्स  १६१औं स्थानमा रहँदै दक्षिण एसियामा दोस्रो स्थानमा रहेको छ । नेपाल दक्षिण एसियामा तेस्रो स्थानमा छ । बंगलादेश १८४औं स्थान, भुटान १८५औं, पाकिस्तान १९५औं र श्रीलंका २०४औं स्थानमा छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार