चैत्र २२ काठमाडौं । निर्वाचन आयोगले आगामी वैशाख १५ गते हुने उपनिर्वाचनका लागि अन्तिम मतदाता नामावली प्रकाशन गरेको छ ।
बिहीबार बसेको बैठकबाट अन्तिम मतदाता नामावली स्वीकृति गरी आयोगको वेबसाइटमा प्रकाशन गरिएको छ । प्रतिनिधिसभातर्फ इलाम क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनका निम्ति एक लाख १५ हजार ८८९ मतदाता रहेका छन् भने प्रदेशसभातर्फ बझाङ १ मा हुने उपनिर्वाचनका निम्ति ६१ हजार ७४८ मतदाता रहेका आयोगले जनाएको छ ।
आयोगले उपनिर्वाचनलक्षित गत फागुन २९ देखि चैत ५ गतेसम्म देशभर मतदाता नामावली संकलन गरेको थियो ।