बिहीबार , वैशाख २० गते २०८१

विदेशमा बसेका नेपालीहरूका गुनासो तथा समस्यालाई सम्बोधन गर्न नयाँ अनलाइन प्रणालीको शुभारम्भ

विदेशमा बसेका नेपालीहरूका गुनासो तथा समस्यालाई सम्बोधन गर्न नयाँ अनलाइन प्रणालीको शुभारम्भ

अखबार दैनिक
बिहीबार , चैत २२ २०८०
  • विदेशमा बसेका नेपालीहरूका गुनासो तथा समस्यालाई सम्बोधन गर्न नयाँ अनलाइन प्रणालीको शुभारम्भ

    काठमाडौं । विदेशमा बसेका नेपालीहरूका गुनासो तथा समस्या लाई सम्बन्धित दूतावासमार्फत दर्ता गराउन सक्नेगरी कन्सुलर सेवा विभागले आजबाट नयाँ मोड्युल (अनलाइन प्रणाली) को शुभारम्भ गरेको छ ।

    images

    बिहीबार एक कार्यक्रमबीच विभागले गुनासो तथा समस्यालाई सम्बन्धित दूतावासमार्फत सहजै दर्ता गराउन सक्ने अनलाइन प्रणालीको शुभारम्भ गरेको हो ।

    नयाँ मोड्युलको अनलाइन प्रणालीको शुभारम्भ गर्दै उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले कन्सुलर सेवा अनलाइनबाटै लिनसक्ने कामको प्रचारप्रसार गर्न नसक्दा विभागमा धाइरहने समस्या रहेको भन्दै व्यापक प्रचारप्रसार गर्न आवश्यक रहेको बताए ।

    उनले आजबाट प्रारम्भ भएको नयाँ मोड्युलले सबै नियोगहरूमा तथा देशभित्र र बाहिर पनि सबैले कन्सुलर सेवा प्राप्त गर्नका निम्ति अनलाइनबाट नै सेवा लिन सकिने व्यवस्था सुरु गरेको उल्लेख गरे । 

    आगामी एक हप्ताभित्रै मन्त्रालयले विदेशमा रहेका नेपाली श्रमिकहरू घाइते र मृत्यु भएको अवस्थामा उनीहरूको क्षतिपूर्ति सहितको माग दाबीका लागि दूतावास नै पुग्नुपर्ने समस्या घरबाटै गर्नसक्ने गरी व्यवस्था गर्ने उनको भनाई छ । 

    परराष्ट्रमन्त्री श्रेष्ठले भने,"अहिले विदेशमा रहेका, हामीले कन्सुलर सेवा, जो देश भित्रका छन्, यहीँ आउनु नपर्ने गरेका त छौँ । त्यो धेरै प्रचारप्रसार गर्न नसकेको वा जनताले नबुझेको कारणले अहिले पनि कन्सुलर सेवाको निम्ति यहाँ आउने, यहाँ आउने मात्रै होइन, पहिला नाम बोकेर मन्त्रालयमा आउने, मन्त्री कहाँ आउने, नभए सचिवलाई भेट्ने, लौ न यस्तो छ भन्नु¥यो भन्ने स्थिति छ । जबकि अहिले हामीले केही गर्नै पर्दैन । गाउँबाटै हामीले कन्सुलर सेवा अनलाइन फारम भरे पुग्छ । तुरुन्तै हामी कार्यान्वयनको प्रक्रियामा जान्छौँ ।’ कहाँ पुगेको छ काम ? भन्नेसम्मको हेर्न पाइन्छ । हामीले क्षतिपूर्ति रकमहरूको सन्दर्भमा समेत त्यो क्षतिपूर्ति रकमको प्रोसेस कहाँ पुगेको छ, पैसा यहाँ आइपुग्यो की पुगेन, जिल्ला कार्यालयमा पुग्यो की पुगेन समेत हेर्न पाइन्छ ।"

    कन्सुलर सेवालाई गाउँपालिका, नगरपालिकाहरूबाट नै गर्नसक्ने अनलाइन प्रणाली सुरुवात गरिसकेको बताउदै  उनले कन्सुलर सेवालाई अझ प्रभावकारी ढंगले अघि बढाउने काममा लागिरहेको जिकिर गरे ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ