बुधबार, वैशाख २६ गते २०८१

गायक राजेश पायल राई छुटे

गायक राजेश पायल राई छुटे

अखबार दैनिक
बिहीबार , चैत २२ २०८०
  • गायक राजेश पायल राई छुटे

    २२ चैत, काठमाडौं । गायक राजेश पायल राईलाई प्रहरीले छाडेको छ । मदिरा सेवन गरेर होहल्ला गरेको आरोपमा राई बुधबार राति पक्राउ परेका राईलाई बिहीबार छाडिएको हो । प्रहरी वृत्त नयाँ बानेश्वरका डीएसपी शिवराज बुढाथोलीले राईसहित ८ जनालाई छाडिएको बताए ।

    images

    राजेश पायल राई सहित तीन जनालाई मदन भण्डारी कलेज अगाडिबाट प्रहरीले पक्राउ गरेको थियो । बानेश्वर वृत्तले पक्राउ गरेका राईसहित ३ र अन्य ठाउँबाट पक्राउ परेका ५ जना गरी ८ जनालाई नै छाडिएको बताए । पक्राउ परेका आठै जनालाई सम्झाई बुझाई गरी आफन्तको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार