शनिबार, जेठ ५ गते २०८१

सुनको मूल्यले नयाँ रेकर्ड राख्ने क्रम जारी, प्रतितोला कति पुग्यो?

सुनको मूल्यले नयाँ रेकर्ड राख्ने क्रम जारी, प्रतितोला कति पुग्यो?

बुधबार, चैत २१ २०८०
  • सुनको मूल्यले नयाँ रेकर्ड राख्ने क्रम जारी, प्रतितोला कति पुग्यो?

    काठमाडौं, चैत २१ । नेपाली बजारमा आज (बुधबार) पनि सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गर्न सफल भएको छ।

    images

    लगातार नयाँ रेकर्ड बनाइरहेको सुनको मूल्य आज हालसम्मकै उच्च विन्दुमा पुगेको हो।

    यसअघि सोमबार हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो। उक्त दिन सुन प्रतितोला एक लाख ३१ हजार छ सय रूपैयाँमा कारोबार भएको थियो। आज सुन प्रतितोला एक लाख ३३ हजार रूपैयाँ पुगेको छ। यो मूल्य पछिल्लो रेकर्डभन्दा एक हजार चार सय रूपैयाँ बढी हो।

    मंगलबार भने सुनको भाउ प्रतितोला चार सय रूपैयाँ घटेको थियो। मंगलबारको तुलनामा भने सुनको भाउ प्रतितोला एक हजार आठ सय रूपैयाँ बढेको हो।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ३३ हजार रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३२ हजार तीन सय ५० रूपैयाँमा कारोबार भइरहेको छ।  मंगलबार छापावाल सुन प्रतितोला एक लाख ३१ हजार दुई सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३० हजार पाँच सय ५० रूपैयाँमा कारोबार भएको थियो।

    बुधबार चाँदीको मूल्य पनि अघिल्लो दिनको तुलनामा बढेको छ। यस दिन चाँदीको मूल्य प्रतितोला एक हजार छ सय १० रूपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।

    मंगलबार चाँदी प्रतितोला एक हजार पाँच सय ४५ रूपैयाँमा कारोबार भएको थियो। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ६५ रूपैयाँ बढेको हो। आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २२ सय ८५ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार