शनिबार, वैशाख २२ गते २०८१

म्याक्सवेलको खराब कीर्तिमान देखि एउटै स्टेडियममा विराटको १००औँ खेलसम्म

म्याक्सवेलको खराब कीर्तिमान देखि एउटै स्टेडियममा विराटको १००औँ खेलसम्म

अखबार दैनिक
बुधबार, चैत २१ २०८०
  • म्याक्सवेलको  खराब कीर्तिमान देखि एउटै स्टेडियममा विराटको १००औँ खेलसम्म

    काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा मंगलबार राति लखनउ सुपर जाइन्ट्स र रोयल च्यालेन्जर्स बैंगलुरुबिच खेल भएको थियो । एम. चिन्नास्वामी स्टेडियममा खेलिएको उक्त खेलमा लखनउ २८ रनले विजयी भएको थियो ।

    images

    लखनउ र बैंगलुरुबिचको खेलका क्रममा केही रोचक घटना पनि भएका छन् । बैंगलुरुका ग्लेन म्याक्सवेल आईपीएलको इतिहासमा सबैभन्दा बढी पटक शून्य रनमा आउट हुने विदेश खेलाडी बनेका छन् । अर्कोतिर, लखनउका प्रभावशाली ब्याट्सम्यान निकोलस पुरनले आईपीएलमा आफ्नो एक सयौँ छक्का पनि प्रहार गरेका छन् । यहाँ यस्तै केही रोचक तथ्याङ्क प्रस्तुत गरिएको छ ।

     

    म्याक्सवेलको नाममा जोडिएको खराब कीर्तिमान

    glennmaxwell

    रोयल च्यालेन्जर्स बैंगलुरुका ग्लेन म्याक्सवेल इन्डियन प्रिमियर लखनउ सुपर जाइन्ट्सविरुद्धको खेलमा शून्य रनमै आउट भएका थिए । पेभेलियन फर्किनुअघि उनले केवल दुई बलको सामना गरेका थिए । उनलाई मयंक यादवले निकोलस पुरनद्वारा क्याच गराएका थिए ।

    योसँगै म्याक्सवेल आईपीएलको इतिहासमा सबैभन्दा बढीपटक ‘डक आउट’ हुने विदेशी खेलाडी बनेका छन् । उनी अस्ट्रेलियाका अलराउन्डर खेलाडी हुन् । उनी हालसम्म आईपीएलमा १६ पटक ‘डक आउट’ भएका छन् ।

    यसअघि वेस्ट इन्डिजका सुनिल नारिन आईपीएलको इतिहासमा सबैभन्दा बढीपटक ‘डक आउट’ हुने खेलाडी थिए । सुनिल नारिन हालसम्म आईपीएलमा १५ पटक ‘डक आउट’ भएका छन् । आईपीएलमा सबैभन्दा बढी ‘डक आउट’ हुने भारतीय खेलाडी भने रोहित शर्मा र दिनेश कार्तिक हुन् । उनीहरू १७–१७ पटक ‘डक आउट’ भएका छन् ।

    आईपीएलमा निकोलस पुरनको १००औँ छक्का

    रोयल च्यालेन्जर्स बैंगलुरुविरुद्धको खेलमा लखनउ सुपर जाइन्ट्सका निकोलस पुरनले अविजित ४० रन बनाएका थिए । यस क्रममा उनले पाँच छक्का र एक चौका पनि हिर्काएका थिए । योसँगै निकोलस पुरन आईपीएलमा एक सयौँ छक्का प्रहार गर्ने खेलाडी पनि बनेका छन् ।

    पुरन वेस्ट इन्डिजका प्रभावशाली खेलाडी हुन् । २८ वर्षीय पुरनले आईपीएलमा कुल आठ सय ८४ बलको सामना गरी एक सयौँ छक्का हिर्काएका हुन् । आईपीएलमा निकोलस पुरनभन्दा कम बलको सामना गरेर आन्द्रे रसेलले मात्र एक सय छक्काको कीर्तिमान बनाएका छन् । रसेलले ६ सय ५८ बलको सामना गरी एक सयौँ छक्का हिर्काएका थिए ।

    मयंक यादवले फाले यो सिजनकै तीव्र गतिका बल

    Mayank 1

    रोयल च्यालेन्जर्स बैंगलुरुविरुद्ध मंगलबार राति खेलिएको खेलमा लखनउ सुपर जाइन्ट्सका बलर मयंक यादवले पनि एउटा कीर्तिमान बनाएका छन् । लखउनका तीव्र गतिका युवा बलर मर्यकले चार ओभरमा १४ रन खर्चिएर तीन विकेट लिएका थिए ।

    सोही योगदानका कारण उनी जारी सिजनको आईपीएलमा लगातार दोस्रो पटक प्लेयर अफ दी म्याच पनि घोषित भए । खेलका क्रममा उनले आठवटा बल १५० किलोमिटर प्रतिघण्टा भन्दा बढीको गतिमा फालेका थिए ।

    यस क्रममा उनले एउटा बल १५६.७ किलोमिटर प्रतिघण्टाको गतिमा फालेका थिए । आईपीएलको इतिहासमा यो चौथो सबैभन्दा तीव्र गतिका बलिङ हो । जारी सिजनको आईपीएलमा भने मयंकले फालेको बल नै सबैभन्दा तीव्र गतिका बल हो ।

    जारी आईपीएलमा यसअघि पनि सबैभन्दा तीव्र गतिको बलिङको कीर्तिमान मयंककै नाममा थियो । मयंकले यसअघि पञ्जाबविरुद्धको आफ्नो ‘डेब्यू’ खेलमा १५५.८ किलोमिटर प्रतिघण्टाको गतिमा बल फालेका थिए ।

    आईपीएलको इतिहासमा सबैभन्दा तीव्र गतिमा बलिङ गर्ने कीर्तिमान भने अस्ट्रेलियाका शान टैटको नाममा रहेको छ । उनले सन् २०११ को आईपीएलमा १५७.७ किलोमिटर प्रतिघण्टाको गतिमा बल फालेका थिए । आईपीएलको इतिहासमा भारतमा उमरान मलिकले पनि १५७ किलोमिटर प्रतिघण्टाको गतिमा बल फालेका छन् ।

    एउटै राष्ट्रमा तीन सय टी–२० खेल्ने खेलाडी बने कार्तिक

    Kartik

    लखनउविरुद्धको खेलमा रोयल च्यालेन्जर्स बैंगलुरुका विकेटकिपर दिनेश कार्तिकले पनि एउटा कीर्तिमान बनाएका छन् । मंगलबार राति खेलिएको लखनउविरुद्धको खेल कार्तिकका लागि भारतमा खेलिएको तीन सयौँ टी–२० खेल थियो । यसअघि कुनै पनि खेलाडीले एउटै देशभित्र तीन सयवटा टी–२० क्रिकेट खेलेको इतिहास थिएन । रोहित शर्माले हालसम्म भारतमा दुई सय ८९ वटा टी–२० खेलेका छन् ।

    विराटको बैंगलुरुमा १९९औँ टी–२०

    बैंगलुरु र लखनउबिचको खेल बैंगलुरुस्थित एम. चिन्नास्वामी स्टेडियममा खेलिएको थियो । बैंगलुरुका प्रभावशाली ब्याट्सम्यान विराट कोहलीका लागि यो बैंगलुरुमा खेलिएको एक सयौँ टी–२० खेल थियो । योसँगै विराट कोहली एउटै स्टेडियममा एक सयवटा टी–२० खेल्ने पहिलो भारतीय खेलाडी पनि बनेका छन् । विराटले एम. चिन्नास्वामी स्टेडियममा खेलेको एक सयवटा टी–२० मा कुल तीन हजार दुई सय ९८ रन बनाएका छन् । उनले चार शतक पनि बनाएका छन् ।

    पुरनले प्रहार गरेको छक्का स्टेडियम बाहिर

    Pooran

    बैंगलुरुविरुद्धको खेलका क्रममा लखनउका निकोलस पुरनले पाँचवटा छक्का प्रहार गरेका थिए । एम. चिन्नास्वामी रङ्गशालामा उनले प्रहार गरेको एउटा छक्का रङ्गशालाभन्दा बाहिर पुगेको थियो । उनले १९औँ ओभरमा लगातार तीन छक्का प्रहार गरेका थिए । त्यसमध्ये रिसे टप्लीको बलमा उनले प्रहार गरेको तेस्रो छक्का स्टेडियमभन्दा बाहिर पुगेको थियो । उनले प्रहार गरेको त्यो छक्का एक सय ६ मिटर लामो थियो । 

    @COPY FROM RATOPATI

    प्रतिक्रिया दिनुहोस

    थप समाचार