बिहीबार , वैशाख २० गते २०८१

सहकारी प्रकरणमा नाम जोडिएपछि गृहमन्त्रीले भने, ‘प्रश्न उठ्दैमा आत्तिइहाल्नु पर्दैन’

सहकारी प्रकरणमा नाम जोडिएपछि गृहमन्त्रीले भने, ‘प्रश्न उठ्दैमा आत्तिइहाल्नु पर्दैन’

अखबार दैनिक
मंगलबार, चैत २० २०८०
  • सहकारी प्रकरणमा नाम जोडिएपछि गृहमन्त्रीले भने, ‘प्रश्न उठ्दैमा आत्तिइहाल्नु पर्दैन’

    काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रश्न उठ्दैमा आत्तिइहाल्नु नपर्ने बताएका छन् । 

    images

    मंगलबार संसद् भवन परिसरमा लामिछानेलाई सञ्चारमाध्यममा पार्टी उपसभापति एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल र पार्टी सहमहामन्त्री कवीन्द्र बुर्लाकोटीको नाम पनि सहकारी प्रकरणमा मुछिएको बारेमा सञ्चारकर्मीहरूले प्रश्न गरेका थिए । त्यसको जवाफ दिँदै उनले प्रश्न उठ्दैमा आत्तिन आवश्यक नरहेको जिकिर गरे । उनले एक जना पत्रकार र पत्रिकामा समाचार छापिने बित्तिकै दोष प्रमाणित नहुने बताए । उनले प्रमाणित भएको कुरा र प्रचारबाजीमा फरक रहेको पनि जिकिर गरे । 

    उनले भने, ‘समाचार आएपछि पुग्यो, तपाईंहरूले त्यसलाई हेर्नुपर्ने, प्रमाण खोज्नुपर्ने, सही हो की होइन, भन्ने कुरा । हेडलाइनमा एउटा प्रश्न राखेर ठगीमा ? भनेर प्रश्न राखिदिएको हो कि, हतकडी लगाएर प्रमाणित गरिदिएको हो की ? भन्नु नपर्ने ? छापिदिएपछि पुग्यो । साथीहरू त पत्रकार नै हुनुहुन्छ जस्तो लाग्छ, सबै जना । एउटा पत्रकारले, पत्रिकाले कतै लेखिदिएपछि त्यो प्रमाणित नै भन्ने मान्यता हामीले बनाउने हो भने त सकिहाल्यो । होइन, तपाईंहरूको अन्य साथीहरूले के रहेछ भनेर हेर्दा, खोज्दा सुन्दा, प्रश्न उठाउने, आशङ्काहरू अभिव्यक्त गर्ने, हामीलाई जिम्मेवार बनाउनलाई गर्ने क्रम चलिरहन्छ । त्यहाँ एउटा प्रश्न मार्क राखेको छ, प्रश्न त गर्न पाइन्छ । प्रमाणित भएको कुरा र हल्ला, प्रचारबाजीमा फरक छ । प्रश्न उठ्दैमा आत्तिनुपर्ने कुरा छैन । सदनमा उठेका कुरा मैले सदनमा उभिएर बोल्न पाउनुपर्छ ।’

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ